
काठमाण्डौं— नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक तथा अवकाश प्राप्त प्रहरी महानिरीक्षक श्री मोतीलाल बोहराज्यूको प्रमुख आतिथ्यमा प्रहरी महानिरीक्षक दिपक थापाज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा अग्रज अवकाश प्राप्त प्रहरी महानिरीक्षक श्री मोतीलाल बोहराले प्रहरी महानिरीक्षक थापालाई संगठनको श्रीवृद्धिको लागि उदाहरणीय भूमिका निर्वाह गर्न सुझाव दिनुका साथै, संगठनको उन्नति र गौरवका लागि नेपाल पूर्व संगठन प्रमुख मञ्च सधैँ रचनात्मक सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

प्रहरी महानिरीक्षक दिपक थापाज्यूले प्रहरी संगठनको वृहत्तर हित र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न नीतिगत निर्णय तथा सेवासुविधाका पक्षमा दृढ संकल्पित रहेको विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले नेपाल पूर्व संगठन प्रमुख मञ्चबाट नेपाल प्रहरीलाई सदैव उल्लेखनीय सहयोग हुने कुरामा विश्वास व्यक्त गर्नुभयो।




