सुरक्षा सरोकार ,काठमाडौं — काठमाडौं उपत्यका विकास प्राधिकरणमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवको नाममा तीन करोड २९ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति फेला परेको छ।

बागमती नगर जग्गा एकीकरण आयोजना (गौरीघाट) मा कार्यरत यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

०६३ भदौ ८ देखि ०८१ असार ३० सम्मको आम्दानी र खर्च विवरण विश्लेषण गर्दा यादवको वैध आम्दानी दुई करोड ४२ लाख रुपैयाँ देखिएकोमा खर्च पाँच करोड ७१ लाख रुपैयाँ पुगेको अख्तियारको दाबी छ।

तीन करोड २९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन भएको पुष्टि भएको भन्दै अख्तियारले यादव र उनकी पत्नी अमृताकुमारी यादवलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको हो। उक्त सम्पत्तिको केही भाग पत्नीको नाममा राखिएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय