काठमाडौं । नेपाल प्रहरी संगठनमा उच्च तहको नेतृत्व फेरबदल हुँदैछ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले बिहिबार ६ जना नायब महानिरीक्षक (डीआईजी)हरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।

बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा डीआईजी चन्द्रकुवेर खापुङ रहेका छन्। अन्य सिफारिसमा पर्ने डीआईजीहरूमा लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी छन्।

नयाँ एआईजीहरूको बढुवा सिफारिससँगै संगठनको नेतृत्वमा नयाँ ऊर्जा र दिशा आउने अपेक्षा गरिएको छ।

ऐतिहासिक बढुवामा आइजीपी दीपक थापाको निर्णायक भूमिका,

नेपाल प्रहरीको नेतृत्वमा भएको हालको एआईजी बढुवालाई ऐतिहासिक र न्यायपूर्ण भनिएको छ। संगठनमा गरेका योगदानको मूल्यांकन र वरियताका आधारमा कुनै विवादबिना सम्पन्न यो बढुवाका लागि सबैभन्दा पहिले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई बधाई दिनैपर्छ।

उनको दृढ निर्णय, निष्पक्ष नेतृत्व र सुधारमुखी सोचबिना यस्तो निष्पक्ष र सर्वमान्य बढुवा सम्भव हुने थिएन। बढुवा सिफारिसमा परेका सबै अधिकृतहरूले पनि बुझ्न जरुरी छ—यदि आइजीपी थापा आफ्नो अडानमा नअडिने भए, आजको यो क्षण इतिहास बन्न सक्दैनथियो।

उहाँको नेतृत्वले संगठनमा निष्पक्षता, पारदर्शिता र योग्यता आधारित मूल्यांकन प्रणालीको उदाहरण पेश गरेको छ, जसले भविष्यमा पनि प्रहरी संगठनभित्र स्वस्थ प्रतिस्पर्धा र पारदर्शी व्यवस्थापनलाई मार्गदर्शन गर्नेछ। सबैमा एकमुष्ठ बधाई एवं शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय