काठमाण्डौं/ सुरक्षा सरोकार — १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान अगाडि बढाएको छ।

उक्त घटनाको निष्पक्ष छानबिन गर्न प्रहरीका विभिन्न निकायका वरिष्ठ अधिकृतहरू खटिएका छन्। अनुसन्धान टोलीमा अपराध अनुसन्धान विभागबाट एसएसपी कृष्ण पंगेनी, रानीपोखरीस्थित एआईजी कार्यालयबाट एसपी प्रवीण धिताल, ललितपुर प्रहरी परिसरको मुद्दा शाखाबाट इन्स्पेक्टर नानिकाजी थापा तथा अपराध अनुसन्धान कार्यालय आईटी शाखाबाट इन्स्पेक्टर राजेश महर्जन सहभागी छन्।

घटनाको गम्भीरता तथा सार्वजनिक चासोलाई ध्यानमा राख्दै विस्तृत अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय