
सुरक्षा सरोकार/ काठमाडौं— नव वर्ष २०८२ को पावन अवसरमा “वर्ष २०८१ को समिक्षा तथा नव वर्षको शुभकामना आदान–प्रदान” कार्यक्रम अन्तर्गत प्रेरणा अभिवृद्धि गर्न आयोजित “साथ संवाद २०८२” कार्यक्रम इलाका प्रहरी कार्यालय मंगलटार द्दारा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य संगठनभित्र कार्यरत कर्मचारी तथा सदस्यहरूबीच सामूहिक भावना निर्माण गर्दै नागरिक सेवामा अझ प्रभावकारी ढंगले समर्पित हुने प्रेरणा प्रदान गर्नु रहेको कार्यालय प्रमुर प्रहरी निरिक्षक कृष्ण गिरिले जानकारि दिनु भयो । उक्त कार्यक्रममा वर्ष २०८१ का उपलब्धिहरूको समिक्षा गरिनुका साथै नव वर्ष २०८२ मा संगठनात्मक लक्ष्यहरू अझ प्रभावकारी ढंगले हासिल गर्ने प्रतिबद्धता जनाइएको थियो।

“साथ संवाद २०८२” मार्फत सहभागीहरूले आ–आफ्ना अनुभव, चुनौती र समाधानहरू साझा गरे। सहभागीहरूको उत्साह र सक्रियता कार्यक्रमको सफलताको प्रमुख पक्ष रह्यो। वक्ताहरूले सेवा भाव, इमानदारी, र नव सोचसहित कार्यसम्पादन गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।

कार्यक्रमको समापनमा नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिँदै, आगामी दिनहरूमा अझ सशक्त र समर्पित भएर अगाडि बढ्ने प्रतिवद्धता दोहोर्याइयो।
संगठनात्मक रूपान्तरण र समर्पित नागरिक सेवा लक्ष्यका लागि यस्तो संवाद कार्यक्रम प्रेरणा र ऊर्जा थप्ने महत्वपूर्ण अवसरको रूपमा लिइएको छ।




