
काठमाडौं—काठमाडौंको न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक युवतीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्ने युवती गोरखा जिल्लाको पालुङटार नगरपालिका–१० की १९ वर्षीया करिना देवकोटा हुन्।
प्रहरी वृत्त जनसेवाले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार युवतीको साथबाट नगद रकमसँगै ६ लाख रुपैयाँको चेक पनि फेला परेको छ। प्रहरीले बरामद गरिएको रकम अवैध हुन्डी कारोबारको आशंकामा जफत गरेको जनाएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।



