इलाम – जिल्ला प्रहरी कार्यालय इलामले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूसँग “Tea With Team” कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धिका लागि कार्यालय प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाको पहलमा चिया–बिस्कुट कार्यक्रम आयोजना गरिएको हो।

सो अवसरमा चैत्र महिनाभर जन्मदिन परेका प्रहरी कर्मचारीहरूको सम्मानमा सामूहिक रूपमा केक काट्दै शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमका दौरान प्रमुख कोईरालाले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, कौशलता र त्रुटिरहित कार्यसम्पादनमा जोड दिनु भयो। उहाँले लगनशीलता र कर्तव्यनिष्ठताका साथ कार्य सम्पादन गर्ने प्रहरी सहायक निरीक्षक राम कुमार माझीलाई “Police of the Month – फागुन २०८१” घोषणा गर्दै प्रमाणपत्रद्वारा सम्मान समेत गर्नुभयो।

कार्यक्रम अन्त्यमा प्रहरी उपरीक्षक कोईरालाले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै आवश्यक निर्देशन प्रदान गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय