सुरक्षा सरोकार/ काठमाडौं – पति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशविरुद्ध रास्वपाकी नेतृ तथा उनकी पत्नी निकिता पौडेल सर्वोच्च अदालत पुगेकी छन्।

आज सर्वोच्च अदालतको ढोका ढकढक्याउँदै निकिताले सो आदेश बदरको माग गर्दै रिट निवेदन दर्ता गरेकी हुन्। सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई थुनामा राख्ने आदेश आएपछि सोही दिन उनलाई काठमाडौंस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

निकिता पौडेलले उक्त आदेशलाई अनुचित भन्दै कानुनी लडाइँ सुरु गरेकी हुन्। अदालतसमक्ष दर्ता गरिएको निवेदनमा उच्च अदालतको आदेश खारेज गरी लामिछानेलाई थुनाबाहिर राख्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय