सुरक्षा सरोकार / काठमाण्डौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली सेनाको विभिन्न सिसीएम अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गर्नुभयो।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शन गर्ने पदिक र अधिकृतहरूलाई पुरस्कारस्वरूप खुकुरी प्रदान गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश दिन प्रतिदिन जटिल, गतिशील र बहुआयामिक बन्दै गएको उल्लेख गर्नुभयो। यस्तो परिस्थितिमा नेपालको राष्ट्रिय सुरक्षाका लागि दक्ष र सक्षम जनशक्ति अपरिहार्य रहेको उहाँले प्रस्ट पार्नुभयो।

उहाँले विपद् जोखिम न्यूनीकरण, शान्ति सेनाका माध्यमबाट भएको योगदान र राष्ट्रिय सुरक्षामा सेनाको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी तथा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय