काठमाडौँ — डिजिटल वालेट इसेवा को नाममा स्क्यामरहरूले भ्रामक एसएमएस पठाएको पाइएको छ। इसेवाले एक सार्वजनिक सूचना जारी गर्दै ‘AT Alert’ नामक सर्ट कोड प्रयोग गरी पठाइएका ती एसएमएसहरू कम्पनीसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार यस्ता सन्देशहरूमा कुनै पनि लिंकमा क्लिक नगर्नु र व्यक्तिगत वा वित्तीय विवरण नपठाउन ग्राहकलाई अनुरोध गरिएको छ। सूचनामा भनिएको छ, “यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशहरूको पछि नलाग्न सबैलाई आग्रह गरिन्छ।”

इसेवाले आफ्ना आधिकारिक एसएमएस केवल ‘Esewa, Esewa Alert, 32131 र 32121’ बाट मात्र आउने जानकारी दिएको छ। साथै, ओटीपी, एमपिन (MPIN) वा पासवर्ड कहिल्यै मागिने छैन भन्ने स्पष्ट जानकारी समेत दिएको छ।

ग्राहकहरूले यस्ता स्क्याम सन्देशबारे सतर्क रहनुका साथै कुनै पनि संकास्पद गतिविधि देखिएमा तत्काल इसेवाको कस्टमर केयरमा सम्पर्क गर्न सुझाव दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय