काठमाण्डौं— अभिनेत्री एनी कुँवरलाई तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पत्रकार सुरेश रजकको जलाइएको घरमा कुँवरले ताला लगाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनी प्रहरीको निगरानीमा परेकी हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार कुँवरलाई अनुसन्धानका लागि ललितपुरबाट पक्राउ गरिएको हो। उनलाई प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ।

तीनकुनेमा आगजनी भएको घटनापछि अभिनेत्री कुँवरले फेसबुक लाइभ गर्दै “बचाउन आउनुहोला” भन्ने अभिव्यक्ति दिएकी थिइन्। ‘ब्रह्मा’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी एनी कुँवर पछिल्ला दिनमा सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय हुँदै आएकी छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय