काठमाण्डौं— गत ४ चैतमा टोखा स्थित झोरमा ट्रकमा लुकाइएको २५ करोड बराबरको डलर र युरोको मालिक पत्ता लागेको छ। प्रहरी र विज्ञ अनुसन्धानबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४मा स्थायी घर, हाल टोखा नगरपालिका–१०मा बसोबास गर्ने नारायण पौडेलको भएको पुष्टि भएको छ। पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ।

यसैबीच, ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरिएको थियो। चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए। बैंक खाताको विवरण र मोबाइलको सीडीआर विश्लेषण गर्दा अस्वाभाविक कारोबार फेला परेपछि पौडेलसँग अन्तिम सम्पर्क भएको देखिएको छ। पुलिसले पौडेलको मोबाइल नम्बरको सीडीआर विश्लेषणलाई तीव्र बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय