काठमाण्डौं— नेपाल बार एसोसिएसनको २७औँ कार्यसमितिका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तापक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली कांग्रेसनिकट डीएलए को गठबन्धन बनेको छ। यस समूहबाट प्राडा विजयप्रसाद मिश्र अध्यक्ष र केदार कोइराला महासचिव उम्मेदवार छन्।

यस्तै, माओवादी केन्द्रनिकट आरपीएलए, रास्वपानिकट स्वतन्त्र कानुन व्यवसायी संगठन, र एकीकृत समाजवादीनिकट कानुन व्यवसायी मिलेर गठबन्धन बनाएका छन्। यस समूहबाट रमनकुमार श्रेष्ठ अध्यक्ष र यज्ञमणि न्यौपाने महासचिव पदका उम्मेदवार छन्।

निर्वाचनमा राजावादी कानुन व्यवसायीहरू पनि सक्रिय छन्। राप्रपानिकट अधिवक्ता माधव मैनाली मिश्रको प्यानलबाट सदस्यका उम्मेदवार छन् भने राप्रपा नेपालनिकट वकिलहरू श्रेष्ठको प्यानललाई समर्थन गरिरहेका छन्।

राजनीतिक दलहरूको चासो बढ्दै गए पनि कतिपय स्वतन्त्र अधिवक्ताहरू बारमा दलीय हस्तक्षेपबारे असन्तुष्ट देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय