काठमाण्डौं—काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार, प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी, लुटपाट तथा घटनालाई उक्साउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ। शुक्रबार मात्रै १०५ जना पक्राउ परेका थिए, भने शनिबार थप ६ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार,

•प्रहरी परिसर काठमाडौँ – २५ जना

•प्रहरी वृत्त बानेश्वर – २५ जना

•प्रहरी वृत्त गौशाला – ९ जना

•प्रहरी प्रभाग कोटेश्वर – ४६ जना

•प्रभाग गोङ्गबु – ३ जना

•प्रहरी वृत्त बालाजु – १ जना

•प्रहरी वृत्त सिंहदरबार – २ जना पक्राउ परेका छन्।

घटनामा दुई जनाको मृत्यु, दर्जनौँ घाइते

प्रहरीका अनुसार, सो घटनामा दुई जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका ५५ जना, सशस्त्र प्रहरीका २२ जना र प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएका छन्। तीमध्ये २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तोडफोड, आगजनी र लुटपाट

प्रहरी प्रवक्ता बोहराका अनुसार,

•१८ स्थानमा तोडफोड (व्यक्तिगत तथा सरकारी कार्यालयहरू)

•१२ स्थानमा आगजनी

•१ स्थानमा लुटपाट

•छ वटा गाडी तोडफोड (व्यक्तिगत, सरकारी र विवरण नखुलेका)

•केही गाडी जलाइएका छन्।

प्रहरीले हिंसात्मक घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय