काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय बाराले धम्की दिई फिरौती माग्ने एकजनालाई भारतको बिहार पुगेर पक्राउ गरेको छ।

बाराको कलैया उपमहानगरपालिका-५, घुसुकपुरका प्रेमलाल पाण्डेयका छोरा ३० वर्षीय डा. बिकेश कुमार पाण्डेयले चैत २ गतेदेखि लगातार धम्की पाइरहेका थिए। उनलाई अज्ञात व्यक्तिले पटक-पटक फोन गरी धम्क्याउँदै “A Plus हस्पिटलमा बम राखिएको भन्दै २० लाख रुपैयाँ फिरौती मागिरहेका थिए।

उक्त घटनाको जानकारी पाएपछि बारा प्रहरीले अनुसन्धान अघि बढायो। अनुसन्धानका क्रममा धम्की तथा फिरौती माग्ने कार्यमा संलग्न रहेका कलैया उपमहानगरपालिका-५, घुसुकपुर निवासी ४८ वर्षीय मदन मिश्रलाई पक्राउ गरिएको हो। उनलाई सीमावर्ती बिहार राज्यको मोतिहारी प्रहरीको सहयोगमा बाराको शिवपुर चिउटाहाबाट शुक्रबार प्रहरी निरिक्षक खेम नेपाल सहितको विशेष प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय