काठमाण्डौं— ट्राफिक प्रहरीहरूमा देखा पर्ने तथा भविष्यमा प्रदूषणका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले ३ दिने ईलाका प्रहरी कार्यालय गजुरीका कार्यालयको सभाहलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङयस कार्यालयको संयुक्त आयोजनामा ३ दिने “प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नस्यकर्म) अभिमुखीकरण कार्यक्रम”सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्र.ना.उ. विकास थापा, गजुरी गा.पा. वडा नं. १ का वडा अध्यक्ष तारा भण्डारी, यस कार्यालयका प्रमुख प्र.नि. सुरज श्रेष्ठ लगायत अन्य २० जना प्रहरी कर्मचारीहरूको उपस्थितिमा गरिएको थियो।

अभिमुखीकरण कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा. अमूल्य दाहाल द्वारा सैद्धान्तिक तथा व्यवहारिक रूपमा संचालन गरियो भने योग साधना प्रशिक्षक केशव थपलिया द्वारा योग सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

यस कार्यक्रमले ट्राफिक प्रहरीहरूको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय