
काठमाण्डौं— कपिलवस्तुको इलाका प्रहरी कार्यालय, पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसी उत्कृष्ट कार्यसम्पादन गरेबापत नगदसहित सम्मानित भएका छन्।
सांगठनिक नीति निर्देशनअनुसार पदीय दायित्वलाई इमानदारी, बफादारी, लगनशीलता र व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई कार्य सम्पादन गरेकाले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले उनलाई सम्मान गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) निरञ्जनदत्त भट्टले निरीक्षक जिसीलाई सम्मान प्रदान गरेका हुन्। इलाका प्रहरी कार्यालय, पिपराले सेवाग्राहीलाई थप प्रभावकारी सेवा प्रदान गर्न, निवेदन दिएका पीडितहरूलाई फलोअप भिजिट गर्ने तथा न्याय प्राप्तिको प्रक्रिया छिटो र सहज बनाउन सहयोग गर्ने जिम्मेवारी निरीक्षक जिसीलाई दिएको थियो।



