
काठमाण्डौं । दिप्रुङ चुइचुम्मा गाउँ पालिकामा अवस्थित श्री दिप्रुङ माध्यामिक विद्यालयको अभिभावक दिवसको अवसरमा उक्त विद्यालयकी पूर्व विद्यार्थी हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान कल्पना खड्काले विद्यार्थीका लागी आवश्यक पर्ने खेलकुदका सामाग्रीहरू सहयोग गरेकी छिन् ।
साकेला गाउपालिका मात्तिम खोटाङकी स्थायी बासिन्दा र हाल नेपाल प्रहरी सेवामा कार्यरत खड्का आफै स्कुलमा उपस्थित भएर आफै हातबाट विभिन्न खेलकुद सामाग्री विद्यालयलाई प्रदान गरेकि हुन् ।


विद्यालयले र बिध्यार्थीको उन्नति एवम् शैक्षिक गतिविधिहरूको प्रवर्द्धन गर्दै आएको भन्दै निकट भविष्यमा विद्यालयको शैक्षिक स्तर सुधार गर्न थप योगदान गर्ने प्रतिबद्धता पनि खड्काले व्यक्त गरिन् ।
कला, संस्कृति, शिक्षा तथा खेलकुदका गतिविधिहरूप्रति विशेष रुचि राख्ने खड्काले आगामी दिनहरूमा विद्यालयका विद्यार्थीहरूलाई कला-संस्कृति र खेलकुद क्षेत्रमा पनि सहयोग गर्ने योजना रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूको सृजनशील र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउन कला, संस्कृति र खेलकुदको प्रवर्द्धन अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
खड्काले आफूले अध्ययन गरेको विद्यालयप्रति विशेष आत्मीयता रहेको उल्लेख गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक पूर्वाधार सुधार गर्न विशेष अक्षयकोष स्थापना गर्ने योजना रहेको बताउनुभयो।
विद्यालय परिवार तथा स्थानीय समुदायले उहाँको यस योगदानलाई उच्च सम्मान गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।





