काठमाडौं—  सरकारले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) चयन नगर्दै बहालवाला आईजीपी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतहरू अवकाश बिदामा जाँदैछन्।

आईजीपी कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबारदेखि अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै नेपाल प्रहरीको ३१औँ आईजीपी नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्, जसले नेपाल प्रहरीमा आज राति १२ बजे रिक्त हुने र भोलि बहाली हुने गरी नयाँ आईजीपी नियुक्त गर्नेछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

नयाँ आईजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्। उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए।

यसैबीच, सोमबार प्रहरी प्रधान कार्यालयमा आईजीपी वसन्तबहादुर कुँवरको औपचारिक बिदाइ कार्यक्रम तय गरिएको छ। २२ महिना नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवर ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय