काठमाडौं— फागुन महिनाका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरिक्षक अच्युत गिरि “पुलिस अफ दी मन्थ “घोषित भएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरिलाई उक्त कार्यालयमा कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

उनको अपराध अनुसन्धान र अनुशासित कार्य सम्पादनलाई उच्च मूल्याङ्कन गर्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरिलाई फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ का रूपमा सम्मान गरिएको सुचना अधिकारी / एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।

हरेक महिना काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय