काठमाण्डौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ।

मंगलबार न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले आयोगको निर्णयलाई खारेज गर्ने आदेश दिएको सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिएका छन्।

ललितपुर क्षेत्र नम्बर ३ बाट २०७९ मंसिरमा सम्पन्न चुनावमा उम्मेदवार हुँदा कार्कीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य भई लाभ लिइरहेको भन्दै कार्कीको उम्मेदवारी खारेज गरिएको थियो। उक्त पद सार्वजनिक पद हो वा होइन भन्ने विषयमा प्रश्न उठेपछि निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेको थियो।

उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सो रिटमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। अन्ततः सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय बदर गर्दै कार्कीको पक्षमा फैसला गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय