काठमाण्डौं— काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा आयोजित कार्यक्रममा गायक दुर्गेश थापाले मानवीयता देखाएका छन्। भीडले बारलाई धक्का दिएपछि बार भत्किँदा चारजना घाइते भएका थिए। तीमध्ये एकजनाको खुट्टा फ्याक्चर भएको छ।

घटनापछि दुर्गेश थापा महाराजगञ्जस्थित टिचिङ अस्पताल पुगेर ती घाइतेलाई भेट्न गए। चिकित्सकले उनलाई दुई महिना आराम गर्न सल्लाह दिएपछि दुर्गेशले आर्थिक सहयोगका साथै तीन महिनाको कोठा भाडा र रासन उपलब्ध गराउने घोषणा गरे। साथै, घाइतेका छोराको तीन महिनाको विद्यालय शुल्क पनि तिरिदिने प्रतिबद्धता जनाए।

दुर्गेशले आयोजकको कमजोरीका कारण घटना भएकाले अस्पताल खर्च आयोजकले नै व्यहोर्नुपर्ने बताएका छन्। उनले भने, “मेरा फ्यानहरू मलाई हेर्न आएका बेला समस्यामा परे भने म चुप लागेर बस्न सक्दिनँ।”

हाल दुर्गेश थापा लगातार स्टेज कार्यक्रममा सक्रिय छन्। उनका गीतहरू लोकप्रिय भइरहेका छन्, जसले गर्दा उनका हरेक कार्यक्रममा हजारौँ दर्शक उपस्थित हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय