काठमाण्डौं— झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर–५ स्थित ट्राफिक प्रहरी कार्यालय दमकको सभाहलमा इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकको संयुक्त आयोजनामा विभिन्न कसुरमा कारबाहीमा परेका चालकहरूलाई सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ।

उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ) रामप्रसाद तिमल्सिना र ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी निरीक्षक (प्र.ना.नि) जनक तिमल्सिनाले सवारी दुर्घटना न्यूनिकरण तथा नियन्त्रणका उपायहरूबारे प्रशिक्षण दिएका थिए।

यसैक्रममा, प्रत्येक हप्ताको एक दिन मादक पदार्थ सेवन (मापसे) तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने चालकहरूलाई कानुनी कारबाहीको प्रक्रिया र अन्य विविध सुरक्षा उपायबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय