काठमाडौं — काठमाडौंको कालिमाटीस्थित ढलमा फसेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ। आज बिहान काठमाडौं महानगरपालिका-२०, कालिमाटी कनप पेट्रोल पम्प नजिक रहेको ढलबाट अन्दाजी ३५ वर्षका एक व्यक्तिलाई सुरक्षित रूपमा निकालिएको हो।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको टोलीले उनलाई उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर पठाएको छ। प्रहरीले उक्त व्यक्तिको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय