
काठमाण्डौं— नेपाल सरकारका माननीय गृह मन्त्री श्री रमेश लेखकज्यूले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको भ्रमण तथा निरीक्षण सम्पन्न गर्नुभएको छ।
गृह मन्त्री लेखक जिल्ला प्रहरी कार्यालय पुगेर कार्यालय भवन, विभिन्न शाखाहरू, क्वाटरगार्ड तथा ब्यारेकहरूको स्थलगत निरीक्षण गर्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले प्रहरी सेवामा रहेका सुरक्षाकर्मीहरूसँग संवाद गर्दै उनीहरूको समस्याबारे चासो व्यक्त गर्नुभयो। साथै, उहाँले समसामयिक सुरक्षा चुनौतीहरूबारे महत्त्वपूर्ण निर्देशन दिनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव दिनुभएको छ।

निरीक्षणपछि उहाँले प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै शान्ति, सुरक्षा र कानुनी शासन सुदृढ बनाउन उच्च मनोबलका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। साथै, डडेल्धुरामा शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे समेत जानकारी लिनुहुँदै आवश्यक सुधारका लागि पहल गरिने आश्वासन दिनुभएको छ।
गृह मन्त्री लेखकको भ्रमणले डडेल्धुराका प्रहरी अधिकारी तथा सुरक्षाकर्मीहरूलाई थप उत्साह प्रदान गरेको छ।




