
काठमाण्डौं— बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी सेमजोङ, धादिङको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको छ।
आज आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा यो कार्यक्रम सम्पन्न भएको हो।

साथै, उक्त कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू, जिल्ला सुरक्षा समिति धादिङका पदाधिकारीज्यूहरू, धादिङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू, पूर्व प्रहरी कर्मचारीहरू, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरू, प्रहरी कर्मचारीज्यूहरू लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।




