
काठमाडौं— नक्कली फेसबुक आइडी बनाएर आर्थिक ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। धादिङ जिल्लाको गोलञ्जोर गाउँपालिका–५ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५, लोलाङ हाइटमा बसोबास गर्ने २६ वर्षीय नारायण दत्त खकुराललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फागुन २० गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार, खकुरालले विदेशमा रहेका व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली फेसबुक आइडी बनाउँथे र उनीहरूको आफन्तसँग रकम ठगी गर्ने प्रयास गर्थे। उनले आफू र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारका लागि रकम आवश्यक परेको भन्दै पीडितहरूलाई सम्पर्क गर्थे। आफ्नो वास्तविक बैंक खाता नभएको बताउँदै, उनले आफन्तको खातामा पैसा जम्मा गर्न आग्रह गर्थे र QR कोड पठाएर रकम लिने प्रयास गर्थे।

यसरी, खकुरालले विभिन्न पसलहरूमा गई आफ्नो साथीको बिरामी अवस्था र उपचारका लागि रकम पठाउने बहानामा ती पसलहरूको QR कोड प्रयोग गरी नगद रकम लिई ठगी गर्दै आएको पाइएको छ।
पक्राउ परेका खकुराललाई फागुन २१ गते काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकालीमा प



