काठमाण्डौं— मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१८ स्थित एकीकृत जाँच चौकी (ICP) बाट भन्सार पास गरेको भन्दा बढी मूल्यका सामान रहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय (इप्रका) रानीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले UP87 9181 नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।

उक्त ट्रकमा इलेक्ट्रोनिक्स, फुड सप्लिमेन्ट, कस्मेटिक्स, मेडिकल सामग्री लगायतका सामान रहेको पाइएकाले अन्दाजी रु. ४५,००,०००/- (पैँतालीस लाख) बराबरको सामग्रीसहित ट्रक चालक भारत निवासी ३५ वर्षीय मो. अस्लामलाई नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी/ प्रवक्ता  बेद प्रसाद जोशीले जानकारी दिनु भयो।

प्रहरीले ट्रक र सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाएको छ। ट्रकलाई इप्रका रानीबाट प्रहरी नायब निरीक्षक (प्र.स.नि.) बाबुराम खनालको कमाण्डमा इटहरीतर्फ पठाइएको हो। उक्त स्थान इप्रका रानीबाट करिब २ किमी पूर्व पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय