
काठमाडौँ — गोठाटार हत्याका अभियुक्त गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
२०७९ असोजमा गोठाटारमा अज्ञात समूहद्वारा गोली प्रहार गरी लाल मोहम्मदको हत्या भएको घटनापछि सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको जनाएको छ।




