काठमाण्डौं — जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला अस्पताल इलामको संयुक्त आयोजनामा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ। जिल्ला अस्पताल इलामको सभा हलमा सम्पन्न कार्यक्रममा जिल्ला अस्पताल इलामका प्रमुख डा. प्रभु शाह को अध्यक्षता रहेको थियो भने जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईराला प्रमुख अतिथि रहेका थिए।

तालिममा प्रहरी नायव उपरीक्षक मान बहादुर राई, डा. पवन मोक्तान (प्रशिक्षक), अस्पताल व्यवस्थापक छितिज खतिवडा, ईमरजेन्सी इन्चार्ज टिका लुइटेल, तथा पत्रकार महासंघ इलामका सचिव टिका खतिवडा को उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रहरी उपरीक्षक कोईरालाले आत्महत्या न्यूनिकरण तथा व्यवस्थापनको महत्वमाथि प्रकाश पार्नुभएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी युनिटबाट तालिममा सहभागी प्रहरी कर्मचारीहरूलाई डा. पवन मोक्तानले आत्महत्या रोकथाम र व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय