
काठमाण्डौं— इलाका प्रहरी कार्यालय मंगलटारले ‘स्वस्थ शरीरको लागि उद्देश्य सहितको भ्रमण’ अर्थात् “WALK FOR PURPOSE” कार्यक्रम सञ्चालन गरेको छ। गत असार २९ गतेबाट सुरु भएको यो अभियान प्रहरी–समुदाय साझेदारीलाई अझ मजबुत बनाउने उद्देश्यले अघि सारिएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीको नेतृत्वमा सुरु भएको यस अभियानअन्तर्गत समुदायसंगको सहकार्यमा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिँदै आएका छन्।

प्रहरी चौकीहरूद्वारा सम्पन्न गतिविधिहरू—
यो अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय मंगलटार मातहतका ४ वटा प्रहरी चौकीहरूले आ–आफ्नो क्षेत्रमा निम्न कार्यहरू सम्पन्न गरेका छन्:
१. इलाका प्रहरी कार्यालय, मंगलटार—
• स्थान: रोशी गा.पा.–९, राम्चे
• कार्य: राधा कृष्ण मन्दिर परिसरमा प्रहरी र स्थानीय नागरिकहरूको सहभागितामा सरसफाइ तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न।
२. प्रहरी चौकी भकुण्डेबेशी—
• स्थान: नमोबुद्ध न.पा.–४, नौबिसे
• कार्य: अमरखण्ड हरिनाम सङ्ग मण्डल मन्दिरमा स्थानीय समुदाय, भद्रभलादमी तथा समितिका पदाधिकारीहरूको उपस्थितिमा सरसफाइ अभियान सञ्चालन।
३. प्रहरी चौकी कटुन्जेवेशी—
• स्थान: रोशी गा.पा.–७, कटुन्जे बजार
• कार्य: चोरी तथा अन्य आपराधिक क्रियाकलापको रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन।
४. प्रहरी चौकी कानपुर—
• स्थान: नमोबुद्ध न.पा.–५, कानपुर
• कार्य: शिव मन्दिर परिसरमा प्रहरी र स्थानीय बासिन्दाहरूको सक्रियतामा सरसफाइ तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न।
५. प्रहरी चौकी पोखरीनारायणस्थान—
• स्थान: तेमाल गा.पा.–५
• कार्य: सत्यनारायण मन्दिर जाने बाटो तथा मन्दिर परिसर सरसफाइ।
यो अभियानले प्रहरी र समुदायबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै धार्मिक स्थलहरूको संरक्षण, सरसफाइ तथा जनचेतना अभिवृद्धि गर्न योगदान पुर्याएको छ।
केहि फोटो फिचर—





