काठमाण्डौं — जिल्ला प्रहरी कार्यालय इलाममा समसामयिक विषयहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर महिला समन्वय समिति इलाम, महिला जागरण, आमा समूहलगायतका पदाधिकारीहरूसँग जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईराला ज्यूले महिला हिंसा, घरेलु हिंसा, लागुऔषध नियन्त्रण जस्ता महत्वपूर्ण विषयमा छलफल गर्नुभयो।

त्यसै दिन वहाँले इलाम सदरमुकामस्थित विभिन्न सोरुम, रिकन्डिसन तथा ग्यारेजका सञ्चालकहरूसँग समेत अन्तरक्रिया गर्नुभयो। विशेष गरी उहाँले Test Drive गर्दा हेलमेट नलगाउने तथा बिना लाइसेन्स सवारी साधन चलाउने कार्य नगराउन व्यवसायीहरूलाई अनुरोध गर्नुभयो।

व्यवसायीहरूले यस्ता भेटघाट तथा छलफल कार्यक्रम पहिलो पटक भएको अनुभव व्यक्त गर्दै यसलाई निकै उपयोगी बताएका छन्। उनीहरूले हालको प्रहरी प्रशासनको कार्यशैली अघिल्लो भन्दा फरक र प्रभावकारी भएको महसुस गरेको बताएका छन्। साथै, आफ्ना गुनासोहरू प्रहरी प्रमुखसमक्ष राख्ने अवसर प्राप्त भएकोमा सन्तोष व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय इलाम परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय