
काठमाण्डौं — इलाका प्रहरी कार्यालय मंगलटार (काभ्रेपलाञ्चोक) मा नेपाल प्रहरीको कार्यसम्पादन सम्झौतामा उल्लेखित नवप्रवर्तनात्मक कार्य अन्तर्गत मंगलटार कार्यालयमा नव-स्थापित “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउद्देश्यीय हलको उद्घाटन तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको पहलमा आज शिवरात्रीको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, विभिन्न वडाका अध्यक्षहरू, संघसंस्थाका प्रमुखहरू, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय नागरिकहरूसँग शान्ति, सुरक्षा लगायतका विषयमा अन्तरक्रिया समेत गरिएको थियो।
प्रहरी निरीक्षक कृष्ण गिरिका अनुसार —नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ बनाउन तथा बाह्य ज्ञानको दायरा बढाउन पुस्तकालय शुभारम्भ गरिएको हो। पुस्तकालयमा प्रहरी कर्मचारीहरू मात्र नभई सर्वसाधारण नागरिकको पनि सहज पहुँच रहनेछ।
प्रहरीको व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक सोच, ज्ञान, बुद्धि–विवेक र आत्मस्फूर्ति वृद्धि गराउन मद्दत पुगोस् भन्ने उद्देश्यले यस पुस्तकालयको अवधारणा ल्याएको हो । प्रहरी मात्र नभई कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले शुन्य समयको सदुपयोग गरी केही नयाँ कुरा सिकुन् भन्ने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको प्रहरी निरिक्षक गिरीले जानकारी दिनु भयो ।
सुरक्षित समाज निर्माणमा पुस्तकालयको योगदान—
मानव जाति ज्ञान, विवेक, बुद्धि र शिक्षाका कारण प्राणी जगतमा सर्वश्रेष्ठ प्राणीका रूपमा स्थापित हुँदै आएको छ। सुन्दर, सुरक्षित र समृद्ध समाज निर्माणका लागि पुस्तकालय महत्वपूर्ण माध्यम बन्न सक्छ। नागरिक प्रहरी पुस्तकालय स्थापना मार्फत नागरिक र प्रहरीबीचको सम्बन्ध थप प्रगाढ बनाउने, प्रहरी कर्मचारीहरूको कानूनी तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने र कार्यसम्पादनमा उत्कृष्टता ल्याउने अपेक्षा गरिएको छ।

ज्ञानमार्फत अपराध न्यूनीकरणको पहल—
नेपाल प्रहरीले दण्डात्मक प्रणाली मात्र होइन, ज्ञान र सकारात्मक सोचमार्फत सुधार गर्दै अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। यसै परिप्रेक्ष्यमा “नागरिक प्रहरी पुस्तकालय” को स्थापना गरिएको हो। कानूनी ज्ञान, साहित्यिक अध्ययन तथा समाज सुधारका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ समेत प्रहरी निरिक्षक गिरिले जानकारी दिनु भयो ।
प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गर्नका लागि सरकारले छुट्टै बजेट विनियोजन नगरेको उल्लेख गर्दै उनले सेवाग्राही तथा प्रहरी कर्मचारीहरूका लागि कानूनी प्रावधान, आपराधिक क्रियाकलापका नलागुन भन्दै अन्य ज्ञानमूलक पुस्तकहरू उपलब्ध गराउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको बताए। साथै यस अभियानमा जोसुकैले आफूले अध्ययन गरिसकेका वा नयाँ पुस्तकहरू उपलब्ध गराएर पुस्तकालयको अभियानमा सहभागी हुन सक्नेछन्।

एक हजारभन्दा बढी पुस्तक उपलब्ध—
कार्यालयको आन्तरिक स्रोत साधन, विभिन्न पुस्तक प्रदान गर्ने व्यक्तिहरु तथा स्थानिय सरकार समेतको सहयोगमा नव स्थापित उक्त नागरिक प्रहरी पुस्तकालयमा कानूनको १९ वटै खण्डका पुस्तकहरु, साहित्यिक पुस्तकहरु (अङ्ग्रेजी/नेपाली दुवै भाषा), सबै प्रकृतिको धार्मिक पुस्तकहरु, सरकारी सेवा प्रवेश पूर्व तयारी सम्बन्धी पुस्तकहरु, नेपाल प्रहरी द्वारा प्रकाशित पुस्तकहरु समेतको उपलब्धता रहेको छ भने आवश्यकतानुसार यसलाई बढाउँदै लैजाने गरी तय गरिएको । प्रहरी निरीक्षक गिरीका अनुसार सेवाग्राहीहरू र प्रहरी कर्मचारीहरूले पुस्तकालयमा बसेर अध्ययन गर्न सक्ने छन्।

बाग्मती प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी कृष्ण शर्माका अनुसार —“सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानून, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी रहेको बताउनुभएको छ । “
जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार — “उक्त पुस्तकालयबाट प्रहरी कर्मचारीमा ज्ञान–सीप, क्षमता अभिवृद्धि गरी सकारात्मक सोच र उच्च मनोबलकासाथ सेवा प्रवाहलाई निपूर्ण बनाउने अपेक्षा गरिएको समेत बताउनु भयो । “स्थानीय सेवाग्राही र सुरक्षाकर्मीलाई पुस्तकालय अध्ययनको अवसर हुनेछ विश्वास लिएका छौँ। “
इन्स्पेक्टर कृष्ण गिरीको पहल र योगदान —
प्रहरी निरीक्षक कृष्ण गिरी जहा जान्छन्, त्यहाँ प्रहरीको उपस्थिति फरक ढंगले अनुभूति गराउने योजनाका साथ कार्य गर्ने गरेको पाइन्छ। गत असोज दोस्रो साता आएको बाढीले काभ्रेपलाञ्चोक जिल्लामा पुर्याएको क्षतिको समयमा विपद् व्यवस्थापनको अग्रपंक्तिमा रहँदै उनले विपी राजमार्गमा अलपत्र परेका ७,००० भन्दा बढी यात्रु तथा ७०० भन्दा बढी गाडीको सकुशल उद्धार गर्दे समग्र बिपद व्यावस्थापनमा उनले पुर्याएको योगदानको नेपल प्रहरी भित्रमात्र नभइ आम नागरिकको समेत चर्चाको बिषय बन्न पुगेका थिए ।

नेपाल प्रहरीका आशा लाग्दो अधिकृत इन्स्पेक्टर गिरी निर्भिक, इमानदार, व्यावसायिक र साहसी र बौद्दिक प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। अपराध नियन्त्रण तथा अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका उनले विभिन्न ठाउँमा रहँदा उच्च मूल्यांकनका साथ पुरस्कारहरू समेत प्राप्त गरेका छन्। प्रहरी संगठनभित्र मात्र नभई आम नागरिकबीच पनि उनी कर्तव्यनिष्ठ र समाजसेवामा समर्पित प्रहरी अधिकृतका रूपमा स्थापित हुँदै गएका छन्।
आजको कार्यक्रमका केहि झलक—




