काठमाडौं – सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्रकै अर्का इन्स्पेक्टर अनुसन्धानको घेरामा तानिएका छन्। इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ।

ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए। उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका इन्स्पेक्टर जोशी २३ नं. गण तनहुँमा कार्यरत थिए। जोशी र सन्तोषी प्रेम सम्बन्धमा रहेको परिवारको दाबी छ। उनैका कारण सन्तोषीले आत्महत्या गरेको परिवारको जाहेरीमा उल्लेख छ।

यता, सशस्त्र प्रहरीले घटनाको छानबिन गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

इन्स्पेक्टर बेसिक तालिम लिइरहेकी सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन्। सिन्धुपाल्चोककी स्थायी बासिन्दा महत १७औं बेसिक ब्याच (२०८१) की इन्स्पेक्टर थिइन्। उनले २०८१ सालमा इन्स्पेक्टर पदमा नाम निकालेर तालिम सुरु गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय