
काठमाडौं— प्रहरीले साढे पाँच लाखभन्दा बढी औषधिजन्य लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुरका ३३ वर्षीय सुधिर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारी रहेका छन्।
लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले टोखामा गोदाम राखेर ट्रामाडोल बिक्री-वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

ब्यूरोका एसपी नारायण अधिकारीका अनुसार टोखामा व्यापक मात्रामा ट्रामाडोल बिक्री-वितरण भइरहेको पाइएको थियो, जसका आधारमा अनुसन्धान गरी पक्राउ गरिएको हो।



