कोहलपुर— बाँके जिल्लाको कोहलपुरस्थित नव निर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूबाट सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवर रहनुहुँदा नेपालगंज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. दान बहादुर कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पताल प्रमुख प्र.ब.उ. दिपा न्हुच्छे प्रधान, प्र.ब.उ. राजेन्द्र प्रसाद धमला, बाँके जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, वरिष्ठ प्रहरी अधिकृत, पूर्व प्रहरी कर्मचारी, नेपाल पेट्रोल एसोसिएसनका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, संघ-संस्थाका प्रमुख तथा पदाधिकारी, मिडियाकर्मी तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय