काठमाडौं — सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी छन्। शनिबार राति पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताएका छन्। घटनाको अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन्।

सिन्धुपाल्चोक घर भएकी महत सशस्त्र प्रहरीमा जवान हुँदै असई बनेर इन्स्पेक्टर पदसम्म पुगेकी थिइन्। उनले यसै वर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन्। शौचालयको झ्यालमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेकी उनलाई प्रेम सम्बन्धका कारण आत्महत्या गरेको आशंका गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय