
काठमाण्डौं— कपिलवस्तु प्रहरीले १४ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ। शनिबार कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका-५ कुशवाङ बस्ने ४९ वर्षीय प्रेमसरि रोका, र रूकुम पूर्व भूमे गाउँपालिका-२ काक्री बस्ने ২৬ वर्षीय सरिता पुन रहेका छन्।

प्रहरीका अनुसार उनीहरूबाट १४ किलो ७७४ ग्राम चरेस बरामद गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न कपिलवस्तु जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिइएको छ।



