काठमाडौं — गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको कुनै विकल्प नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उनले लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र नै हुने स्पष्ट पारे।

“अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ। यसको विकल्प खोज्ने कार्य मुलुकलाई संकटमा धकेल्ने हो। त्यसैले संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ,” गृहमन्त्री लेखकले भने।

उनका अनुसार लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण अहिलेको प्रमुख आवश्यकता हो। संविधानको दस वर्षे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षहरूको मूल्यांकन गर्दै संविधान संशोधनको तयारी भइरहेको पनि उनले बताए।

संशोधन प्रक्रियामा संसदीय सर्वोच्चताको सुनिश्चितता आवश्यक रहेको औंल्याउँदै गृहमन्त्री लेखकले कानुन तथा नीतिगत सुधार सरकारका प्राथमिकता रहेको उल्लेख गरे। साथै, राज्यका सबै अंगहरूमा सुदूरपश्चिम क्षेत्रको उचित प्रतिनिधित्व गराउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय