काठमाडौं – सशस्त्र प्रहरी बलको रिक्त तीन नायब महानिरीक्षक (डीआईजी) पदका लागि तीन जनालाई बढुवा गर्न सिफारिस गरिएको छ।

बिहीबार बसेको बढुवा समितिको बैठकले तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरूमा सिसम १ का एसएसपी कृष्ण ढकाल पहिलो नम्बरमा, सिसम २ का दीपेन्द्र कुँवर दोस्रो नम्बरमा, र सोही ब्याचका विश्वप्रसाद भट्ट तेस्रो नम्बरमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय