
काठमाडौं — नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको राजीनामा स्वीकृत गरेको हो। उनले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए।

तर, प्रहरी स्रोतका अनुसार डीआईजी जनक भट्टराईलाई एआईजी बनाउने पूर्वसहमति अनुरूप नै केसीलाई राजीनामा दिन लगाइएको हो। अब बस्ने बढुवा समितिको बैठकले भट्टराईलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी गरिरहेको छ।



