काठमाण्डौं— सर्लाहीको बागमती नगरपालिका-१ बाट लागुऔषध कारोबारमा संलग्न एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ भने ४० वर्षीय मुख्य आरोपी फरार रहेका छन्।

ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक सुवास यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा निगरानी बढाएको थियो। सोही क्रममा बागमती सिचाइ नहर क्षेत्र हुँदै लागुऔषध ओसारपसार गरिरहेको सूचना पाएपछि प्रहरीले ३६ वर्षीय मोहन बहादुर खत्रीलाई रोक्न खोज्दा उनी भाग्न प्रयास गरे। नियन्त्रणमा लिएर जाँच गर्दा उनको मोटरसाइकल (ना.२८ प.८७७) को लेगार्डमा राखिएको कालो प्लास्टिकको झोलाभित्र WINCEREX 100 ML लेखिएको १० बोतल लागुऔषध फेला परेको थियो। सोधपुछका क्रममा उनले ती औषधि बरुण रायमाझी नामक व्यक्तिसँग खरिद गरेको स्वीकारे।

अनुसन्धानलाई थप अघि बढाउँदै प्रहरी टोलीले मोहन बहादुर खत्रीको घरमा छापा मार्दा पछाडिको खाल्डोमा लुकाइराखिएको अवस्थामा WINCEREX 100 ML का २७ बोतल फेला परे। सोही प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले उनकी ३४ वर्षीया श्रीमती देबिका खत्री (खिम कुमारी खत्री) लाई पनि नियन्त्रणमा लिएको छ। यस्तै, बरुण रायमाझीको घर तलासी गर्दा सुत्ने कोठाबाट सोही औषधिको १ बोतल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकासँगै लागुऔषधका ३८ बोतल, प्रयोग गरिएको मोटरसाइकल, दुई वटा मोबाइल फोन तथा अन्य सामग्रीहरू बरामद गरेको छ। हाल मुख्य आरोपी बरुण रायमाझी फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दम्पतीमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

सई सुवास यादव तिनै प्रहरी अफिसर हुन् –६९ औं प्रहरी दिवसको अवसरमा सई यादव उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कारबाट सम्मानित भएका थिए ।

उनले भारतिय सुरक्षाकर्मीहरु संग समन्यव गरि १५ जना बालिका उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको, घरेलु हिंसा सत प्रतिशत र बालबालिका हराएको तथा ठाडो उजुरीको बिषयमा लैंगिक सम्बेदनशिल रही कार्य सम्झौताको लक्ष्य अनुसार कार्य सम्पादन गर्दै  उत्कृष्ट काम गरेका प्रहरी अफिसर हुन् 

हाल यस कार्यालयमा आइसकेपछि कार्यालय प्रमुखको रुपमा उनले चोरी डकैतीलाई पूर्णरुपमा बन्द गर्न सफल भएका छन् । साथै नदीको किनाराबाट मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खननमा रोकथाम समेत उख्लेखनिय मात्रामा सुधार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय