काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर अनिवार्य अवकाशको केही दिनअघि नै बिदा बस्ने मनस्थितिमा पुगेका छन्। स्रोतका अनुसार भावी आईजीपीलाई सहज बनाउन उनी निर्धारित मितिभन्दा केही दिन अघि नै बिदामा जाने तयारीमा छन्। नेपाली सेनामा अवकाशअघि एक महिनासम्म बिदामा बस्ने परम्परा भए पनि नेपाल प्रहरीले भने यस्तो अभ्यास गरेको छैन।

हाल प्रहरी ऐन संसद्मा छलफल भइरहेको अवस्थामा आईजीपी कुँवरको कार्यकाल नबढ्ने निश्चित भएसँगै उनले प्रारम्भिक रूपमा एक महिना अघि नै बिदा बस्ने योजना बनाएका थिए। तर, गृहमन्त्री रमेश लेखकले “अहिले नबस्नु, अर्को आईजीपी तय भएपछि मात्रै बस्नु” भनेपछि उनी फागुन अन्तिमतिर मात्र बिदा बस्ने तयारीमा छन्।

आईजीपी कुँवर ‘ब्याच नम्बर १०८’ का सदस्य हुन्, जसका अधिकांश सहकर्मीहरू पहिले नै बिदामा गइसकेका छन्। उनी चैत ५ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै बिदामा बसेर नयाँ नेतृत्वलाई सहज वातावरण दिने सोचमा रहेको आईजीपी सचिवालयका एक अधिकृतले बताएका छन्।

आईजीपी पदका मुख्य दावेदारहरूमा डीआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी रहेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार थापाको सम्भावना बलियो देखिएको छ।

यसअघि, नियुक्त भएका केही अधिकृतहरू मध्ये गणेश चन्द र भगवानसिंह विष्टलाई विशेष प्रहरी सेवामा पठाइएको थियो। हाल चन्द सुदूरपश्चिम प्रदेश प्रमुखका रूपमा कार्यरत छन् भने विष्टले पहिल्यै जागिर त्यागेर अमेरिका गएका थिए।

यसैगरी, २०५२ साल कात्तिक २७ गते थप ४० जनालाई नियुक्त गरिएको थियो, जसमा चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल लगायतका नाम रहेका छन्।

५ चैतमा को बन्नेछन् नेपाल प्रहरीका नयाँ आईजीपी?

उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँनेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ।नयाँ नेतृत्वकालागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिचप्रतिस्पर्धा छ ।

जसमा दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् ।एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रतामाङ अपराध अनुसन्धान विभागमा कार्यरतछन् ।

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ ।

एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ। उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् । एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् ।

अहिलेकै प्रावधान अुनसार उनीहरुमध्ये बाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् ।अर्कोतर्फ ३० वर्षेसेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय