काठमाडौं — गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी कुवेर कडायतले हालको आवश्यकता अनुसार प्रयोगशाला विस्तारको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला विस्तार गर्ने योजनाअनुसार पोखरामा काम अघि बढाइएको छ। यसका लागि आवश्यक उपकरण खरिद प्रक्रिया पनि अघि बढाइएको उनले बताए।

यस्तै, डीएनए परीक्षण प्रयोगशालाका साथै डिजिटल फरेन्सिक ल्याब (डीएफएल)लाई पनि प्रदेश स्तरमा लैजाने योजना रहेको कडायतले बताए। साथै, विश्वविद्यालयहरूसँग समन्वय गरी अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी रिसर्चका लागि विद्यार्थी तथा शोधकर्ताहरूसँग सहकार्य गर्ने सम्झौता गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय