काठमाण्डौं— धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, तीन थान मोबाइल र एक थान ल्यापटपसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ बस्ने ২৬ वर्षीय जेनिस साहलाई आइतबार पक्राउ गरेको हो।

प्रहरीले भुवनेश्वर र जामुनको साथबाट नगद १० लाख रुपैयाँ र दुई थान मोबाइल तथा जेनिसको साथबाट ४७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, एक थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ। हाल पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय