
काठमाडौं— नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा पदोन्नति भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले ती डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

कार्यक्रममा आईजीपी कुँवरले पदोन्नति प्राप्त गरेका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले नेपाल प्रहरी संगठनमा रहँदै देखाएको कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता र इमानदारीताको मूल्यांकनका आधारमा पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन हुने विश्वास व्यक्त गरे।
आईजीपी कुँवरले पदोन्नतिसँगै जिम्मेवारीको दायरा फराकिलो बनेको उल्लेख गर्दै नयाँ पदमा प्रहरी अधिकृतहरूले थप जिम्मेवारीका साथ कार्य गर्ने अपेक्षा व्यक्त गरे।




