डडेल्धुरा—  सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणलाई सहज बनाउने र यातायात क्षेत्रलाई व्यवस्थित तथा अनुशासित गर्ने उद्देश्यले अटो चालकहरूलाई पहिचानसहितको ट्र्याकसुट वितरण गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा तथा जिल्ला अटो संघ डडेल्धुराको सहकार्यमा मिति २०८१।११।०१ गते १६:३० बजे ट्र्याकसुट वितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कार्यालय प्रमुख प्र.ना.उ. सुगन्ध श्रेष्ठको अध्यक्षता, सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्काको प्रमुख आतिथ्यता, तथा नि. प्रमुख जिल्ला अधिकारी द्वारीका ओझा, यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख, अमरगढी नगरपालिकाका प्रशासकीय अधिकृत लाल बहादुर साउद, अटो व्यवसायी संघ डडेल्धुराका अध्यक्ष हर्षमान श्रेष्ठ, डडेल्धुरा जिल्लाका पत्रकार, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, उग्रतारा यातायात प्रा.लि.का प्रतिनिधि, विद्युतीय सवारी (E.V) समिति डडेल्धुराका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत अमरगढी नगरपालिकामा सञ्चालनमा रहेका अटो चालकहरूलाई पहिचानसहितको ट्र्याकसुट वितरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय