काठमाडौं— जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गलत कार्य गर्नेहरूसँग कठोर रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन्।

मंगलबार प्रहरी वृत्त, बौद्धको निरीक्षणका क्रममा उनले भगवद्गीता को अध्याय ४, श्लोक ८ उद्धृत गर्दै “विनाशाय च दुष्कृताम्” भनिएझैं, दुष्कर्म गर्नेहरूलाई दण्डित गर्न प्रहरीलाई निर्देशन दिए।

उनले प्रहरी सेवामा आउने हरेक नागरिकलाई समान रूपमा महत्त्व दिनुपर्ने तर अपराधी प्रवृत्तिविरुद्ध दृढतापूर्वक लड्नुपर्ने धारणा राखे।

“सेवाग्राहीका लागि प्रहरी सहयोगी बन्नुपर्छ, तर अपराधीहरूसँग शून्य सहनशीलताको नीति अपनाउनुपर्छ,” उनले भने।

संगठनभित्रको विकृति हटाउने प्रतिबद्धता—

एसएसपी अधिकारीले एक जना प्रहरीको गलत कामले सिंगो संगठनमाथि प्रश्न उठ्ने भएकाले आन्तरिक सुधारको आवश्यकतामा पनि जोड दिए। प्रहरी जवानहरूको मनोबल उच्च राख्न अधिकृतहरूले विशेष भूमिका खेल्नुपर्नेमा उनले विशेष ध्यानाकर्षण गराए।

पत्रकार सम्मेलनमा बोल्दै उनले प्रहरीमाथि आक्रमण गर्ने जोसुकै व्यक्ति वा जुनसुकै पार्टीका भए पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।

“हामीलाई कुनै पार्टीसँग सरोकार छैन। अपराधी जोसुकै भए पनि कारबाही हुन्छ,” उनले भने।

ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिलका नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको भन्ने विषयमा उठेका प्रश्नहरूमा उनले घटनामा संलग्न पाँच जनाविरुद्ध अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय