
काठमाण्डौं— प्रहरी संगठनमा ३० वर्षे सेवावधि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरी भने निराश भइरहेका छन्। पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिने संख्या ह्वात्तै बढेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, दिनमै १० जनासम्म प्रहरी राजीनामा दिइरहेका छन्, जसका कारण कार्यालयले पटक–पटक ‘कुनै सुविधा कटौती नहुने’ भन्दै सर्कुलर गर्नुपरेको छ। साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ८०९ जनाले राजीनामा दिएका छन्।

बढ्दो राजीनामाको तथ्यांक—
• पुस – १७१
• मंसिर – १२७
• कात्तिक – २८३
• असोज – ४५
• भदौ – ५८
• साउन – १२५
माघ महिनामा राजीनामा दिने क्रम अझ बढेपछि प्रहरी प्रधान कार्यालयले पुनः सर्कुलर जारी गर्दै सेवा–सुविधामा कुनै कटौती नभएको जानकारी गराएको छ। यसबारे प्रशासन महाशाखाले अध्ययनसमेत थालेको छ।
राजीनामाका प्रमुख कारणहरू—
प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार, अन्य अवसरका लागि प्रहरी अधिकारीहरूले राजीनामा दिने परिपाटी पहिले देखिनै कायम रहेको छ। तर, प्रहरी प्रधान कार्यालयले यसअघि गरेको अध्ययनमा निम्न कारणहरू देखिएका छन्—
1. सेवा–सुविधाको कमी
2. अत्यधिक ड्युटी
3. सरुवा र बढुवामा निष्पक्षता नहुनु
तल्लो तहका प्रहरी समस्याप्रति बेवास्ता—
तल्लो तहका प्रहरीहरूलाई सेवामा टिकाइराख्ने कुनै ठोस योजना सरकारले अघि सारेको छैन। अहिलेको अवस्थामा जवानका रूपमा भर्ना भएकाहरू वरिष्ठ हवल्दारसम्म, असईका रूपमा भर्ना भएकाहरू वरिष्ठ सईसम्म नै सीमित भएर अवकाश पाउने अवस्था छ।
बढुवाको जाम हटाउन केही तल्लो तहका पदलाई माथिल्लो तहमा मिलान गर्नुपर्ने आवाज उठे पनि गृह मन्त्रालयले कुनै पहल गरेको छैन। उदाहरणका लागि, सईबाट वरिष्ठ सईमा बढुवा हुँदा तलब २६२ रुपैयाँ घटेको थियो, जुन तीन वर्षसम्म पनि समायोजन हुन सकेको छैन।
प्रहरी संगठनमा तल्लो तहका समस्या समाधान गर्न सरकार गम्भीर नबने यसले संगठनलाई थप कमजोर बनाउने देखिन्छ।
प्रहरी संगठनलाई राम्ररी बुझेका पुर्व डिआईजी हेमन्त मल्ल भन्नुहुन्छ — इगो र संगठनभित्रको अन्यायकाकारणराजीनामा दिने गरेको बताएका छन् ।साथै, प्रहरीभित्रसिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकन लगायत कारणले जुनियर प्रहरीहरुलेराजीनामा दिने गरेको पाइएको उहॅाले बताउनु भयो ।
यसका साथै पुर्व डिआईजी मल्ल भन्नुहुन्छ सिनियर प्रहरीअधिकृत भने बढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगकोबेमेलका कारण संगठनबाट राजीनामा दिँदै पनि आएका छन्।यसबाहेक नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतकाकारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको छ ।अझ१८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाकाप्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू जागिर पछि अन्य पेशामा जाने गरेका छन् ।
हामिले भेटेका प्रहरीको जागिर छाडेर ट्याक्सी चलाउँदैआएका तल्लो दर्जाका एक कर्मचारीले भने-‘हाकिमकाश्रीमतीर छोराछारीको कपडा धुनु भन्दा ट्याक्सी चलाउनु नैबेस ।’
एक प्रहरी तयार पार्न २ देखि ५ लाख रुपैयाँसम्म खर्च हुनेगरेको छ । जागिर अवधि सकिएलगत्तै राजीनामा दिँदात्यसकोप्रत्यक्ष प्रभाव संगठनमा समेत देखा पर्छ । राज्यले लगानी गरेरतयार पारेका प्रहरीले यो दरमा जागिरछोड्नेक्रमलाई नियन्त्रणगर्नका लागि पहलको आवश्यक देखिइसकेको छ ।
पछिल्लो समय जागिर छोड्नेको संख्या बढेसँगै प्रहरीसंगठनले यसबारे सोच्नुपर्ने जानकारहरु बताउँछन् ।सेवासुविधार संगठनात्मक संरचनामा सुधार गरेर जागिरछोड्ने दरलाई नियन्त्रण गर्नुपर्ने उनीहरुको विचार छ।



