
काठमाडौं — जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरीमाथि आक्रमण गर्ने जोसुकै व्यक्ति वा जुनसुकै पार्टीका भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।
मंगलबार प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले “ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराजजोशीलाई उन्मुक्ति दिइएको” भन्ने विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, “हामीलाई पार्टीसँग कुनै सरोकार छैन। अपराधीजोसुकै भए पनि कारबाही हुन्छ।”

उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए “एक हजार प्रतिशत कारबाही” गरिने प्रतिबद्धता जनाए।



